स्याङ्जा-२ मा एमालेकी पद्मा अर्यालको अग्रता, पछ्याउँदै धनराज गुरुङ

-


     मर्दी न्युज    
     मंसिर १५ गते २०७९ मा प्रकाशित


स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा (एमाले)की पद्माकुमारी अर्यालले अग्रता बनाएकी छन् ।

गल्याङ नगरपालिका-६ र ७ तथा भिरकोट-५ र ६ को गणना हुँदा एमालेकी उम्मेदवार पद्मा अर्याल ६ सय १ मतले अगाडि छिन् ।

पछिल्लो विवरण अनुसार एमालेकी पद्माकुमारी अर्यालले २ हजार ३०४ मत प्राप्त गरेकी छन् भने अर्यालका प्रतिस्पर्धी नेपाली कांग्रेसका धनराज गुरुङले १ हजार ७०३ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत प्राप्त गरेका छन् ।

स्याङ्जा-२ मा ७० हजार १९१ मत खसेको छ । स्याङ्जामा गएरातिदेखि गणना सुरु भएको हो । निर्वाचन आयोगले हिजो स्याङ्जा-२ र बाजुरामा मतगणना गर्न निर्देशन दिएको थियो । मंसिर ४ गते भएको चुनावमा विवादपछि स्याङ्जा-२, बाजुरा र दोलखामा गणना रोकिएको थियो ।