प्रतिलिटर ३ रुपैयाँ घट्यो पेट्रोलियम पदार्थको मूल्य

-


     मर्दी न्युज    
     पुस १ गते २०७९ मा प्रकाशित


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले  पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । यस्तै एलपी ग्यास र हवाइ इन्धनको  मूल्य भने हाललाई यथावत् राखिएको छ । 

निगमका अनुसार अब प्रतिलिटर पेट्रोलको मूल्य १७८ र  डिजेल तथा मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । भारतीय आयल कर्पोरेशनबाट शुक्रबार मूल्य घटेर आएसँगै निगमले पनि घटाएको हो ।