
पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आजदेखि सडक महोत्सव सुरु भएको छ । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ रेबान पोखराले विगत २३ वर्षदेखि गर्दै आएको सडक महोत्सवको २४ औं संस्करण आजदेखि सुरभएको हो ।
सडक महोत्सव १७ गतेसम्म पोखरा लेकसाइडमा चल्ने छ । पोखरालाई आन्तरिक तथा वाह्य पर्यटकको अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल रुपमा प्रवद्र्धन गर्न रेबानले महोत्सव गर्दै आएको छ ।
५ दिनसम्म चल्ने महोत्सव उद्घाटन अघि विभिन्न सांस्कृतिक कार्यक्रमसहित मौलिक भेषभूषा प्रर्दशन तथा झाँकी प्रर्दशन गरिएको छ । महोत्सवमा पोखरामा रहेका छिमेकी देश चाइनाको पनि सहभागिता रहेको थियो ।
तस्विरमा हेरौं सांस्कृतिक तथा झाँकी र्याली:





















