गण्डकीका प्रदेश सभा सदस्यले लिए शपथ

-


     मर्दी न्युज    
     पुस १४ गते २०७९ मा प्रकाशित


पोखरा । गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बस्याललाई बुधबारै शपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहण समारोहमा सांसदहरु निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय पोशाक, आप्mनो जातीय पहिचान झल्किने पोशाकमा उपस्थित भएका थिए ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् ।

३ सभासद्ले लिए मातृभाषामा शपथ

गण्डकी प्रदेशसभामा आज आयोजित ३ जना सभासद्ले मातृभाषामा सपथ लिएका छन् । मातृभाषामा शपथ लिनेहरुमा पार्वती तामाङ, सरस्वती गुरुङ र पन्चराम गुरुङ हुन् ।