आजको मौसमः पहाडी भूभागमा हल्का वर्षको सम्भावना

-


     मर्दी न्युज    
     पुस १५ गते २०७९ मा प्रकाशित


पोखरा, १५ पुस । पश्चिमी वायुको प्रभावले प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागमा हल्का वर्षको सम्भावना रहेको छ ।

उक्त प्रणालीको प्रभावले अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही तराईका केही भू–भागहरुमा हुस्सु÷कुहिरो लागेको छ भने बाँकी भू÷भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागले आगामी २४ घण्टा प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही स्थानमा हुस्सु÷कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।