
पोखरा । अर्थमन्त्री विष्णु पौडेलले देशमा अर्थतन्त्रमा समस्या रहेपनि काबु बाहिर नरहेको बताएका छन् ।
उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा बोल्दै अर्थतन्त्रका समस्या रहेपनि यसको सुधार गर्न सक्ने बताएका हुन । ‘हाम्रो अर्थतन्त्रमा अहिले समस्या देखिएको छ तर परिस्थिति हाम्रो काबु बाहिर छैन’, उनले भने, ‘यसको समाधान गरेर छिट्टै देशलाई अर्थिक विकासमा लैजान्छौँ ।’
मन्त्री पौडेलले नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायतका गन्तव्यसँग जोड्नुपर्ने बताउँदै प्रदेशलाई अर्थिक विकासमा लैजान सरकारको ध्यान केन्द्रीत गर्ने बताए ।