मनाङलाई हराउँदै भुटनीज सेमिफाइनलमा

-


     मर्दी न्युज    
     पुस १९ गते २०७९ मा प्रकाशित


पोखरा । ६ पटकको आहा ! रारा पोखरा गोल्डकप विजेता मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै अमेरिकाको भुटनीज युथ सकर क्लब २२औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भुटनीजको जितमा प्रविन बस्नेतले गोल गरे । उनले खेलको १८ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा केहीसुधार गरेर मैदान प्रवेश गरे पनि मनाङले नतिजा उल्टाउन भने सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले डिबक्स क्षेत्र नजिकै पटकपटक मौका पाए पनि अवसरको सदुपयोग गर्न सकेनन् ।