
काठमाडौँ । सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गरेका थिए भने उनको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२÷०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो ।