तमु धीं युकेका पदाधिकारीलाई पोखरामा स्वागत

-


     मर्दी न्युज    
     माघ १ गते २०७९ मा प्रकाशित


पोखरा । तमु धीं युकेका पदाधिकारीहरुलाई पोखरामा रहेका तमु संघसंस्थाहरुले स्वागत एवम् सम्मान गरेका छन् ।

शनिवार पोखरामा स्वागत कार्यक्रमको आयोजना गरी पोखरामा रहेर काम गरिरहेका करिब बीस वटा संघसंस्था मिलेर संयुक्त रुपमा स्वागत सम्मान गरेको हो ।

युकेबाट तीन साताका लागि नेपाल आएका उनीहरुलाई तमु प्ये ल्हु संघ, तमु धीं नेपाल, गुरुङ फिल्म एशोसियसन (जिफान), तमु कलाकार संघलगायतका पदाधिकारीहरुले फूलमाला तथा खादा लगाई सम्मान गरेको तमु प्ये ल्हु संघका केन्द्रीय महासचिव हर्क तमुले जानकारी दिए ।

तमु धीं युकले ग्रामीण भेगमा पुगी शिक्षा, स्वास्थ्य सम्बन्धी विषयमा विद्यालयहरुमा आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको छ । २०७२ सालको विनाशकारी भूकम्पमा पनि यस संस्थाले भूकम्प पीडित परिवारको लागि आर्थिक सहयोग गरेको थियो । यस्तै पोखरा रङ्गशालाको कम्पाउण्डलगायत अन्य निर्माण कार्यमा पनि सहयोग गर्दै आइरहेको छ ।