
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।
काठमाडौंबाट बिहान १०:३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको प्रहरीले जनाएको छ। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार छन्। उक्त जहाजमा १० जना विदेशी यात्रु रहेको जनाएको छ ।
दुर्घटना भएको स्थानम प्रहरी, सेना र अस्पतालका एम्बुलेन्स पुगेर उद्दार कार्य सुरू गरेका छन् । घटनास्थलमा धुवाको मुस्लो देखिरहेको छ ।
पोखरा विमानस्थल नजिकै भएको दुर्घटनास्थलमा आगो लागिरहेको विमानमा विमानस्थल तथा महानगरपालिकाको दमकलले आगो निभाउन प्रयास गरिरहेको छन् ।
अहिलेसम्म कति व्यक्ति हताहति भए भन्ने खुलेको छैन । घटनास्थलमा क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोचमा दुर्घटनाग्रस्त भएको हो ।