
पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको मुत्यु भएको छ। उनको मृत्यु भएको खबर नेपाल छन्त्याल संघ कास्कीका सल्लाहकार प्रथम छन्त्यालले पुष्टि गरेका छन्।
उनका अनुसार निरा पोखरा छन्त्याल समाजको कार्यक्रममा सहभागी हुन आएकी थिइन् । समाजको कार्यक्रममा सहभागी पछि बेनी महोत्सवमा सहभागिताका लागि पुग्ने योजना रहेको बताए ।
गायिका छन्त्यालले आफ्नै युट्युब च्यानलमार्फत लाइभ दोहारी गाउँथिन् जुन चर्चित छन् । उनले यसै वर्ष ‘संगीनी’ बोलको तीज गीत पनि गाएकी थिइन्।
आइतबार पोखरामा दुर्घटनाग्रस्त भएको विमानमा दुई पाइलट, दुई जना एयर होस्टेससहित ७२ जना यात्रु सवार थिए।