
पोखरा । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ ।
एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।
कम्पनीको नाइन एन एएनसी एटीआर जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ३ जनाको खोजी कार्य भैरहेको कम्पनीले जनाएको छ ।
