
काठमाडौँ । नेकपा एमालेका देवराज घिमिरेले सत्ता गठबन्धनबाट सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। बुधबार दिउँसो संघीय संसद् भवन पुगेर घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्।
सुवास नेम्वाङ प्रस्तावक र गृहमन्त्री रवि लामिछाने, ऊर्जा मन्त्री राजेन्द्र लिङदेन र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेका छन्।
विसं २०१३ मा ताप्लेजुङमा जिन्मएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनी प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित भएको हो । उनले विद्यार्थी सङ्गठनबाट राजनीति शुरु गरेको हो । उनी विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य भएका घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरिसकेका छन् । हाल उनी एमालेको स्थायी समिति सदस्य हुन् ।