मेयर आचार्यको स्वकीय सचिवमा लामा

-


     मर्दी न्युज    
     माघ ४ गते २०७९ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायको स्वकिय सचिवमा पूर्ण लामा नियुक्त भएका छन् । मेयर आर्चायले लामालाई बुधबार नियुक्ती गरेका हुन् ।

यस अघि मेयर आचार्यले भतिज खेमराजले स्वकीय सचिवको रुपमा काम गर्दै आएका थिए । मेयर आचार्यले स्थानीय तहका पदाधिकारी तथा जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐन विपरीत हुने गरी भतिजलाई स्वकीय सचिव राखेको भन्दै आलोचना भएको थियो ।

मेयरले नायव सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने ऐनमा व्यवस्था भएकोमा शाखा अधिकृत सरहको पदमा भतिजलाई नियुक्त गरेका थिए ।

मेयरले स्वकीय सचिवमा नियुक्त गरेका लामा नेकपा एकिकृत समाजवादीका कास्कीका उपाध्यक्ष हुन् । उनी एकीकृत समाजवादी पार्टीको युवासंघ नेपालका केन्द्रीय उपाध्यक्षसमेत हुन् । लामा कास्की निर्वाचन क्षेत्र नं २ नेकपा एमालेका पूर्वसचिव र नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद कास्कीका पूर्वसचिव पनि हुन् ।