सभामुख देवराज घिमिरेले लिए शपथ

-


     मर्दी न्युज    
     माघ ६ गते २०७९ मा प्रकाशित


काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा एक समारोहकाबीच राष्ट्रपतिले उनलाई शपथ गराएकी हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।

नेकपा एमालेका घिमिरे सभामुख चयन भएका थिए । शपथ अघि नै उनले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् ।

संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले सभामुख हुने व्यक्ति राजनीतिक जिम्मेवारीमा नरहने प्रचलन छ ।