बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प

-


     मर्दी न्युज    
     माघ १० गते २०७९ मा प्रकाशित


पश्चिम बाजुराको मौला आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

मङ्गलवार दिउँसो ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो ।

सीमा क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।