गण्डकीमा मन्त्रिपरिषदले पूर्णता पायो, कसले कुन मन्त्रालय पाए ?

-


     मर्दी न्युज    
     माघ १० गते २०७९ मा प्रकाशित


Mardi News

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको टुंगो लगाएका छन् । एमालेबाट नवलपरासीका रोशन गाहामगर र कास्कीका वेदबहादुर गुरुङ मन्त्री बनेका छन् । एमालेले गाहामगर र गुरुङको नाम मन्त्रीमा टुंगो लगाएपछि ७ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको हो ।

मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहा मगरलाई आन्तरिक मामिला तथा कानुन, एमालेकै सीता सुन्दासलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान भौतिक, पूर्वाधार तथा यातायात, माओवादीकै रेशम जुग्जाली उद्योग, पर्यटन वन तथा वातावरण, राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्री र एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् ।

प्रदेश प्रमुख कार्यालयका अनुसार मन्त्रीहरुलाई मंगलबार नै शपथ खुवाउने तयारी भइरहेको छ ।