राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण

-


     मर्दी न्युज    
     माघ १२ गते २०७९ मा प्रकाशित


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गरेकी छन्।

बिहीबार बिहान १० बजेर ४७ मिनेटको शुभ साइतमा हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवराज अर्यालले महाकवि जयदेव पन्तद्वारा रचित गुरु गोविन्द महाकाव्यको वसन्त राग श्रवण गराएका हुन्। 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,सभामुख देवराज घिमिरे,राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायत सहभागी थिए।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीका दिन हनुमानढोका दरबार क्षेत्रका नासलचोकमा वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा नेपाली सेनाले सलामी दिनाका साथै राष्ट्रियगान र पञ्चैबाजासमेत प्रस्तुत गरिएको थियो ।