गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

-


     मर्दी न्युज    
     माघ १३ गते २०७९ मा प्रकाशित


काठमाडौँ । रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा बुझाएका छन्।

लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन्। 

सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया नमिलेको भन्दै लामिछानेको नागरिकतासँगै सांसद पद बदर गरिदिएको थियो। सर्वोच्चको आदेशसँगै लामिछानेले अब पुन: प्रक्रिया पुर्‍याएर नागरिकता लिनुपर्नेछ। 

लामिछानेले काभ्रेपलान्चोकबाट विगतमा नागरिकता लिएका थिए।