रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा डोलप्रसाद अर्याल चयन

-


     मर्दी न्युज    
     माघ १४ गते २०७९ मा प्रकाशित


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी श्रममन्त्री डोलप्रसाद अर्यालले पाएका छन्।

सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि शुक्रबार राति बसेको रास्वपाको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो।

अर्याललाई संसदीय दलको नेताको पनि जिम्मेवारी दिइएको छ। अर्याल रास्वपाबाट समानुपातिक सांसद हुन्। उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेलाई नेपाली नागरिकता प्रकरणमा दोषी ठहर गर्दै सांसद, मन्त्री र रास्वपाको सभापतिबाट खारेज गरेको थियो।

रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले पार्टीले सुझबुझका साथ कानुनी परामर्शलाई आधार मानेर विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा उचित निर्णय लिने बताएका छन्।