पोखरामा पनि आत्मदहको प्रयास, घाइतेको अस्पतालमा उपचार हुँदै

-


     मर्दी न्युज    
     माघ १५ गते २०७९ मा प्रकाशित


Mardi

सांकेतिक तस्विर

पोखरा । काठमाडौँको नयाँ वानेश्वरस्थित संसद भवन अगाडि आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि उक्त घटना सेलाउन नपाउँदै पोखरामा अर्को घटना भएको छ । आइतबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा आत्मदाहको प्रयास भएको छ ।

काहुँखोला बस्ने संगीता सापकोटा र कृष्ण बहादुर क्षेत्रीलाई जल्दै गरेको अबस्थामा छिमेकीले उद्धार गरेर अस्पाताल पु¥याएकाे प्रहरीले जनाएको छ।

आत्मदाह प्रयास गरेका कृष्णबहादुर क्षेत्री  र आगो निभाउन गएकी सापकोटलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। ती क्षेत्रीले आत्मदाह प्रयास गर्नुका कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।