पोखरा महानगरले पुरानो ट्राफिक भवनमा चलायो डोजर

-


     मर्दी न्युज    
     माघ १७ गते २०७९ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको पुरानो ट्राफिक कार्यालयको भवनमा डोजर चलाएको छ । महानगरको कार्यपालिकाको बैठकको निर्णयअनुसार पृथ्वीचोकको पुरानो ट्राफिक कार्यालयको भवनमा आज मंगलबारदेखि भत्काउन सुरु गरिएको हो ।

पोखराको सुन्दरतालाई मध्यनजर गर्दै जीर्ण अवस्थामा रहेको गोलघर भत्काउन थालिएको पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले बताए । उक्त ठाउँमा ‘पोखरा घर’ बनाउने योजनाका साथ भवन भत्काउन सुरु गरेको वडाध्यक्ष मरासिनीको भनाइ छ । ‘२ वर्षभित्र बनाइसक्ने योजनासहित अगाडि बढेको महानगरले त्यहाँ रहेको पुरानो ट्राफिक कार्यालयको भवन भत्काउन कम्तीमा १५ दिन लाग्नछ । हाल पोखरा घरका लागि डीपीआर निर्माणको काम भइरहेको छ,’ उनले भने ।

पोखरा घर बनाउनका लागि चालु आर्थिक वर्षमा महानगरले २ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।