लडाकु विमान दुर्घटनामा भियतनाममा चालकको मृत्यु

-


     मर्दी न्युज    
     माघ १७ गते २०७९ मा प्रकाशित


लडाकु विमान दुर्घटनामा चालकको मृत्यु भएको छ । उत्तर भियतनामको येनबाई प्रान्तमा मङ्गलबार (सु–२२) लडाकु जेट विमान अवतरण हुने क्रममा दुर्घटना भएको भियतनाम न्युज एजेन्सीले जनाएको छ ।

विमानलाई सुरक्षित अवतरण गराउँन लाग्दा ३१ वर्षीय क्याप्टेन ट्रान न्यागोस डुए दुर्घटनामा परी निधन भएका हुन् ।

रक्षा मन्त्रालय र वायु प्रतिरक्षा विभागले यस बारे अनुसन्धान थाल्ने तयारी गरेका छन् ।