गभर्नर राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपूरणीय क्षति : अर्थमन्त्री पौडेल

-


     मर्दी न्युज    
     माघ २२ गते २०७९ मा प्रकाशित


काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको बैङ्क, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्।

उनले केही समयअघि ट्विट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र उनको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका हुन्।

‘नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कूटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व हिमालयशम्शेर जबराको निधनको खबरले स्तब्ध छु’, उनले लेखेका छन्।

अर्थमन्त्री पौडेलले यस दुःखको घडीमा राणाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

राणाको ९५ वर्षको उमेरमा आजै थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। उनी २०१३ साल वैशाख १० गते नेपालको पहिलो गभर्नर नियुक्त भएका थिए । उनको पालामा निर्धारण गरिएको भारतीय रुपैयाँ (भारु) को विनिमय दर १०० को १६० रुपैयाँ अहिले पनि कायम छ ।

उनी हिमालयन बैंक र हिमालयन डिस्ट्रिलरीका संस्थापक पनि हुन् ।