
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको एक नेताले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र सो पार्टीलाई गृह मन्त्रालय नदिने सन्देश दिएलगत्तै सो पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।