चार प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

-


     मर्दी न्युज    
     माघ २४ गते २०७९ मा प्रकाशित


पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश एक, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहने छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना तथा तराईका भू-भागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।