मौसम पूर्वानुमानः गण्डकी र प्रदेश एकको उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना

-


     मर्दी न्युज    
     माघ २५ गते २०७९ मा प्रकाशित


पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु÷कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश एक, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति प्रदेश एकका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।