मुख्यमन्त्री रावल पदमुक्त, राजीनामा बुझाउँदै

-


     मर्दी न्युज    
     माघ २६ गते २०७९ मा प्रकाशित


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो ।

प्रदेश सभामा आफूले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि बाहिरिँदै मुख्यमन्त्री रावलले राजीनामा बुझाउने बताए ।

संविधानमा गरिएको व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिन नसकेपछि सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा दिने बताएका हुन् ।

जोशीलाई २७ पुसमा रावललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमाले संसदीय दलका नेता रावललाई त्यसवेला माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो । तर, सात सांसद रहेको उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नभएको भन्दै रावललाई विश्वासको मत दिन अस्वीकार गरेको थियो ।