पहाडी भू–भागमा मेघगर्जनसहित हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

-


     मर्दी न्युज    
     १२ जेष्ठ २०८० मा प्रकाशित


पोखरा । पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाइको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भु–भागमा मौसम सामान्यतय सफा रहने छ । कोशी प्रदेश लगायत देशको पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।