मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

-


     मर्दी न्युज    
     जेठ १३ गते २०८० मा प्रकाशित


काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले ताज पहिरेकी हुन् ।

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितिन् ।

मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । २३ वर्षिया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।

मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्ने गरेको छ । यसवर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउनेछ । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वल्र्डमा पठाइने कम्पनीले जानकारी दिएको छ ।