पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     १६ जेष्ठ २०८० मा प्रकाशित


पोखरा । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

अहिले बिहान सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू–भागहरू साथै देशका पहाडी भू–भागहरू आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।