नेपाल पर्यटक यातायात ब्यबसायी संघको प्रशिक्षण कार्यक्रम सम्पन्न

-


     मर्दी न्युज    
     २१ जेष्ठ २०८० मा प्रकाशित


पोखरामा रहेको अग्रणी पर्यटन ब्यबसायीहरुको संस्था नेपाल पर्यटक यातायात ब्यबसायी संघ(NTVA)ले चालक तथा सह-चालकहरु लाई एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

पोखराको न्युरोड स्थित सिटि स्क्वायर ब्यान्क्युटको हलमा हिजो जेठ २० गते भएको प्रशिक्षणमा महिन्द्रा एन्ड महिन्द्रा कम्पनीका प्रतिनिधि ले गाडीहरूको पार्ट्पुर्जा बारेमा प्राबिधिक प्रशिक्षण तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक शिब प्रसाद पाठकले ट्राफिक नियमको बारेमा प्रशिक्षण दिनुभएको थियो। अग्नि ग्रुप र बतास अर्गनाइजेसनको आर्थिक र प्राबिधिक सहयोग रहेको उक्त कार्यक्रममा चालक र सहचालक गरि १२० जना प्रशिक्षार्थी रहेका थिए।

छोटो औपचारिक कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले जहाज बाट झर्ने बित्तिकै र पुन एयरपोर्ट पुगिन्जेल सम्म पर्यटकहरु चालक र सह-चालकहरुको साथमा रहने हुनाले आतिथ्यताको बारेमा ध्यान दिनुपर्ने बताउनुभयो।

शुभकामना मन्तव्य राख्ने बक्ताहरुमा एनटिभिए गण्डकी प्रदेशका निबर्तमान अध्यक्ष बोबरजंग गुरुङ, बतास अर्गनाइजेसनका युडिआर चिफ बिनोद पते, अग्नि ग्रुपका प्रमुख रामेश्वर महर्जन , अग्नि ग्रुपका मार्केटिङ हेड राजेश रानाभाट लगायत हुनुहुन्थ्यो।

एनटिभिएका अध्यक्ष बाबुराम पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष पाण्डेले सम्पुर्ण प्रशिक्षार्थीहरु लाई आफुले सिकेको ज्ञान व्यबहारमा उतार्नपर्ने बताउनुभयो। यस्तो खाले प्रशिक्षण तथा पुनर्ताजगी तालिम एनटिभिएको बार्षिक कार्यक्रम भएकोले भबिस्यमा पनि सरोकारवालाहरु संग सहयोगको अपेक्षा सहित धन्यवाद ज्ञापन गर्नुभयो। महासचिव बिकाश कंडेलले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य दुर्गादत्त दाहालले राख्नुभएको थियो।