
पोखरा । गण्डकी सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले १० वर्ष मूनिका बालबालिका तथा साठी वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई ओपिडी सेवा र प्रयोगशाला सेवा निःशुल्क दिने घोषणा गरेको छ । प्रदेश सरकार मातहतका अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा निःशुल्क सेवा दिने घोषणा गरेको हो ।
यस्तै प्रदेशभित्र यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने सरकारले उद्घोष गरेको छ । खानेपानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराउने साथै यसबाट लाग्ने विद्युत महशुलमा अनुदान दिने प्रदेश प्रमुखले बताए ।
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमः