चार प्रदेशको पहाडी भूभागमा मेघगर्जनसहित क्षणिक वर्षा, तराईमा ‘लू’ को सम्भावना

-


     मर्दी न्युज    
     २३ जेष्ठ २०८० मा प्रकाशित


पोखरा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागको एक(दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तैगरी, मध्य तथा पूर्वी तराईका भूभागहरूमा अधिकतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भूभागहरूमा तातो हावा ‘लू’चलिरहेको महाशाखाले जनाएको छ ।