संसद् चलाउनेबारे सहमति जुट्न नसकेपछि बैठक सर्‍यो

-


     मर्दी न्युज    
     २३ जेष्ठ २०८० मा प्रकाशित


काठमाडौँ । संसद् चलाउनेबारे सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक साढे १ बजेलाई सरेको छ।

करको दर हेरफेरबारे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत विपक्षी दलले विरोध जनाउने भएपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए।

बजेटमा करको दर हेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठ प्रवेश गराएको भन्दै सोमबारको संसद बैठकमा राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले प्रश्न उठाएका थिए।

आज पनि एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बोलाइएको बैठक बस्न नसकेको हो।

प्रतिनिधि सभामा सोमबारदेखि बजेटमाथि छलफल सुरु भएको छ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्वनायबसुब्बा रामकृष्ण श्रेष्ठलाई संलग्न भएको भन्दै सांसदहरूले विरोध गरेका हुन्।

भन्सार विभागका पूर्व कर्मचारी श्रेष्ठले भने आफूले वर्षौँदेखि बजेट निर्माणमा बेला टाइपको काम गर्दै आएको बताएका छन्।