फेवा सिमसार क्षेत्रका संरचनामा पोखरा महानगरले चलायो डोजर

-


     मर्दी न्युज    
     ३० जेष्ठ २०८० मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्र पुरेर घडेरीका लागि बनाएको प्लटिङमाथि डोजर चलाएको छ । महानगरपालिकाको नगर प्रहरीको टोलीले मंगलबार डोजर लगाएर प्लटिङ भत्काएको हो ।

सिमसार पुरेर व्यवसायी देवेन्द्र केसी र प्रकाश केसीले बनाएको प्लटिङमाथि महानगरले डोजर चलाएको हो । पोखरा महानगरका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाका अनुसार मंगलबार ८० रोपनी क्षेत्रमा सिमसार पुरेर बनाइएको घडेरीको संरचना भत्काइएको छ ।

सिमसार क्षेत्र पुरेर धमाधाम प्लटिङ भइरहँदा समेत महानगरले कुनै कारबाही गर्न नसकेको भन्दै महानगरपालिकाका मेयर धनराज आचार्यको चर्को आलोचना भइरहेको थियो ।

विश्व रामसार क्षेत्रमा सूचीकृत फेवा सिमसार क्षेत्र पछिल्लो एक वर्षयता उल्लेख्य रुपमा पुर्ने काम बढेर गएको छ ।