
सन् १९६० मा खाद्यान्न निर्यातमा चर्चा कमाएका कृषि प्रधान मुलुक हाम्रो देश नेपाल खाद्यान्न आयात गर्ने स्थितिमा पुगेको छ । भु-उपयोग सम्बन्धि उपयुक्त निति र योजना समयमा नै नआएको कारण कृषियोग्य भूमी विभिन्न नाममा अस्तव्यस्त पारिएका छन । मुख्य बालीको रुपमा परिचीत धान खेती हाल केहि समययता संकटमा पर्दै गईरहेको छ । पोखरा र यस वरपरका क्षेत्रमा भएका बिरुवा फाट, कुंडहर फाट हेम्जा फॉट, सेदी बगर, पामे, बाच्छेबढुवा, कमलपोखरी, अर्मला फाँट लेखनाथका विभिन्न फाँटहरु जस्ता धान खेतीयोग्य जमिनहरु दिनानुदिन घडेरीका रुपमा प्रयोग हुने कार्य तिव्र गतिमा भैरहेको हुँदा पोखराको प्राकृतिक सौन्दर्यलाई कायम राख्न समेत यस्ता कार्यहरुलाई रोक्नु आवश्यक देखिन्छ।
खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्नु तथा परम्परागत हाम्रो कृषि प्रणाली मार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्ने मुल उद्देश्यका साथ विगत २०६१ साल देखि पोखरा पर्यटन परिषदले निरन्तर रुपमा पोखरामा असारे रोपाई महोत्सवको आयोजना गर्दै आएको छ यसै सन्दर्भमा यस बर्ष पनि “पोखरा सबै मौसमका लागी” भन्ने मुल नाराका साथ १८औ असारे रोपाई महोत्सव यहि २०८० आषाढ १५ गतेका दिन पोखरा- १३, कसेरी डुम्रीबोटमा आयोजना गरिएको आज असार ४गते नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको कार्यालय ड्यामसाइड पोखरामा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो। कार्यक्रमको स्थानीय आयोजकको रूपमा पोखरा महानगरपालिका वडा नम्बर १३, कृषि संजाल वडा नं १३, कृषि संजाल वडा नं २८ रहेको १८औं असारे रोपाइ महोत्सव -२०८० का संयोजक कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले महोत्सव तयारीको कार्य प्रगति बारेमा बोल्नुभएको थियो।
महोत्सवमा साउने प्रतियोगिता (हलगोरुको दौड),विभिन्न आमा समुह बिच असारे गीततथा रोपाइँ प्रतियोगिता,हिलोमा माछा समात्ने खुल्ला प्रतियोगिता,हिलोमा दौड प्रतियोगिता (नेपाली पुरुष ),दौड प्रतियोगिता (नेपाली महिला ), हिलोमा दौड प्रतियोगिता (विदेशी पर्यटक पुरुष ), हिलोमा दौड प्रतियोगिता (विदेशी पर्यटक महिला ),रस्सा कसी प्रतियोगिता (नेपाली र विदेशीबीच ),पत्रकारहरुको हिलो दौड प्रतियोगिता, साथै विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुती रहने संस्थाका अध्यक्ष श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।