
सबैको सपना हुन्छ आफ्नै सानो घर होस् जहाँ दुख भएपनि सुखको निन्द्रा लागोस।
बन्दीपुर–२ चामुण्डामाइ प्राबिका शिक्षक कल्पना नेपालीको पनि भुकम्प अगाडि सानो घर रहेछ जुन भुकम्पमा गर्ल्यामगुर्लुम ढल्यो। दुइ पटक सम्म आएको भुकम्प लाभ ग्राहीको सूचीमा नपरेपछि उनको घर बनाउने सपना पनि त्यसरीनै ढल्यो।

एकल महिला अनि एक सन्तानको पालनपोषणमा विद्यालयको सानो तलबले घर बनाउने सपनै देख्दैनथिन रे कल्पनाले। तर अहिले भने कर्मफ्लाइट्स संस्थाले उनको त्यो भावना बुझेर “कल्पनाको सपनाको घर“ बनाइदिएर चाबी हस्तान्तरण गर्दा उनका हर्षका आँशु थामिएनन्।
बन्दीपुर गाउपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष तथा वडा नम्बर ४ र २ का वडा अध्यक्षहरुको रोबहरमा उनलाई घरको चाबी हस्तान्तरण गरियो।
निस्वार्थ भाबले दीन दुखी र बालबालिकाको असल अबिभाबक बनेकोमा कर्म फ्लाइत्ट्स संस्थाको योगदानलाई गाउपालिकाले कहिल्यै नबिर्सने बताउदै बिगत १२ वर्षा देखि अनवरत रुपमा यहाको शिक्षा बिकाशमा पालिकाको सारथि बनेकोमा अध्यक्ष थापाले आभार ब्यक्त गरेका थिए।
कर्मफ्लाइट्स फाउण्डेशनले यहाँका बिद्यालयका बालबालिकाहरुलाई दिवा तात्तातो खाना, शैक्षिक सामाग्री, बिद्यालय पोशाक लगायत बाल मैत्री कक्षाकोठा ब्यबस्थापन, न्यानो लुगा जस्ता योजनामा सहयोग गर्दै आइरहेको छ।

पहाडकी रानी उपमा पाएको बन्दीपुर आफैमा आकर्षक पर्यटकीय गन्तब्य भएको र हाम्रा प्याराग्लाइडिङ्ग पाइलटहरु यहाँको आकाशमा हावामा कावा खादै मनोरम दृश्यको प्याश मेटाउन आउने र त्यहि क्रममा समुदाय संग सात्क्षत्कार भएको कर्म फलाइट्सका अधक्ष पाइलट लक्ष्मन थापाले बताउनु बताए।
कार्यक्रममा घर निर्माणमा ठेकेदारको भूमिका मा रहनु भएको लाल बहादुर घलानलाई अध्यक्ष थापाले दोसल्ला ओढाएर सम्मान गरेका थिए।
उक्त कार्यक्रममा कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले पालिकामा यस आर्थिक वर्षमा सम्पादन गरेका कामहरुको सार्बजनिक सुनुइवाइ गर्दै संस्थाबाट कुल रु १२ लाख को काम सम्पन्न गरिएको जानकारी गराएका थिए।