
पोखरा । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
भारी वर्षासँगै बाढी र पहिरोको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।