युनिट्राभद्वारा रक्तदान कार्यक्रम सम्पन्न

-


     मर्दी न्युज    
     श्रावण ५ गते २०८० मा प्रकाशित


पोखरा । नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ्ग, एयरलाइन्स, पुरातात्त्विक, संस्कृति, कार्गो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकी प्रदेशको आयोजना तथा युनिट्राभ थ्री सिस्टर्स प्रतिष्ठानको सह-आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट) स्थापना दिवसको अबसरमा आज बिहान लेकसाइड, डिहिकोपाटनमा भएको उक्त कार्यक्रममा ५३ युनिट रक्त संकलन भएको थियो। नेपाल रेडक्रस सोसाइटी संग आबद्ध शिबशक्ती मा बि, फुलवारी पोखराका शिक्षक सुर्यप्रसाद तिमिल्सिना ‘ पालुवा’ ले आफू ५१ बर्ष पुगेको उपलक्ष्यमा ५१औं पटक रक्तदान गरि अन्य रक्तदाताहरुको हौसला बढाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद माननीय दामोदर पौडेल बैरागीले कार्यक्रम संयोजक तथा रक्तदाता बबरशिंह दुलाललाई ब्लड ब्याग हस्तान्तरण गरि शुभारम्भ गरिएको थियो। कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशका अध्यक्ष रुद्र खत्री, पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराई साथै विभिन्न पर्यटकीय संघसंस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो। युनिट्राभ गण्डकी प्रदेशका अध्यक्ष शालिकराम तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिब रामकृष्ण तिमिल्सिनाले गरेका थिए ।