यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

-


     मर्दी न्युज    
     श्रावण १८ गते २०८० मा प्रकाशित


काठमाडौँ । सरकारले पूर्वसचिव सङ्करप्रसाद अधिकारी संयोजकत्वको सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गरेको छ।

यही साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै बैठकले खाद्य तथा पोषणा सुधार कार्यक्रम (दोस्रो)का लागि विश्व बैंकबाट २० मिलियन डलर (करिब २ अर्ब ६२ करोड) को अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गर्ने निर्णय गरेको छ।

यस्तै काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जङ्गा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ। 

त्यसैगरी सरकारले कमला–ढल्केबर–पथलैया सडकखण्ड स्तरोन्नतिको लागि सडक सीमाभित्र पर्ने घर र टहरालगायत संरचनाको क्षतिपूर्ति दिएर हटाउन स्वीकृति दिने निर्णयसमेत गरेको छ।