बढ्यो सार्वजनिक यातायातको भाडा कुन रुटको कति ?

-


     मर्दी न्युज    
     श्रावण ३१ गते २०८० मा प्रकाशित


काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको छ।

विभागले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा अन्तरप्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको हो ।

यातायात व्यवस्था विभागका अनुसार यहि साउन ३१ गतेदेखि लागू हुनेगरी सरकारले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्मले भाडा वृद्धि गरिएको हो ।

जसअनुसार यात्रुवाहक सवारीमा ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुँदै आएको मालवाहक गाडीमा ६.८३ प्रतिशतले भाडा बढेको छ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालितरुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ ।