यी चार प्रदेशमा वर्षा, मधेश र लुम्बिनीमा हावाहुरीको सम्भावना

-


     मर्दी न्युज    
     भाद्र १० गते २०८० मा प्रकाशित


पोखरा, १० भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ।

यस्तै राति कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।