एसिया कप : आज नेपाल र पाकिस्तान भिड्दै

-


     मर्दी न्युज    
     भाद्र १३ गते २०८० मा प्रकाशित


काठमाडौँ । एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो । गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो ।

नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको नेतृत्व भने बाबर आजमले गर्नेछन् ।

छ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।