यस्तो छ आजको मौसम पूर्वानुमान

-


     मर्दी न्युज    
     भाद्र २० गते २०८० मा प्रकाशित


पोखरा, २० भदौ । हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति कोशी प्रदेश लगायत पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन्÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।