काँग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

-


     मर्दी न्युज    
     भाद्र २० गते २०८० मा प्रकाशित


काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। रिपोटर्स क्लबबाट फर्किने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो। 

कांग्रेस नेता यादवमाथि खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलका अनुसार नेता यादवमाथि आक्रमण गर्ने नुवाकोटका श्याम सापकोटालाई नियन्त्रणमा लिइएको छ। घटना के कारणले घटेको हो भन्ने बारे अनुसन्धान भइरहेको उनले बताए ।

रिपोर्टस क्लबबाट बाहिरिने क्रममा उनीमाथि आक्रमण भएको थियो। उनीलाई उपचारका लागि अहिले वीर अस्पताल पुर्‍याइएको छ।