नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

-


     मर्दी न्युज    
     भाद्र २६ गते २०८० मा प्रकाशित


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि आज बिहान ७ बजेदेखि च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

सोमबार राति करिब १ बजेको समयमा हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उनको ७१ वर्षको उमेरमा निधन भएको हो।

एमालेका उपाध्यक्ष नेम्बाङ इलाम क्षेत्र-२ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका थिए। उनी पाँचौं पटक विजयी बनेका हुन्।