
पोखरा, २६ भदौ । नेपाल पर्यटक यातायात ब्यबसायी संघ, गण्डकी प्रदेश तथा लायन्स क्लब अफ पोखरा सुन्दर नगरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आज बिहान पोखरा लेकसाइडस्थित केदारेश्वर महादेव मन्दिरको गेट नजिक रक्तदान भएको छ ।
पोखरामा भएको रक्त अभावलाई मध्यनजर गर्दै रक्तदान, जीवन दान भन्ने मुल नारासहित कार्यक्रम गरिएको कार्यक्रम संयोजक श्याम लामिछानेले बताए । औपचारिक कार्यक्रमको अध्यक्षता एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले गरेका थिए भने कार्यक्रम संचालन महासचिव बिकाश कंडेलले गरेका थिए ।
क्तदान कार्यक्रममा उपस्थित भएका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल एमडि ३२५ के का मल्टिपल डिस्ट्रीक्ट पेडियाट्रीक क्यान्सर कोअर्डिनेटर लायन दीपक श्रेष्ठले आफ्नो मन्तव्य राख्नुहुँदै रगतको अभाव रोक्नको लागि गरिएको यस्तो पुनित कार्यको लागि आयोजकलाई धन्यवाद ज्ञापन गरे । प्रमुख अतिथिको हातबाट संस्थाका अध्यक्षलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उदघाटन गरिएको थियो। रक्तदान कार्यक्रमका विशेष अतिथिहरुमा पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ के का डिस्ट्रीक्ट एडभाइजर चिफ लायन टिकाराम सापकोटा, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ के का पदाधिकारीहरु थिए ।
एनटिभिए सदस्यहरु, लायन्स क्लब अफ पोखरा सुन्दर नगरीका सदस्यहरु, अन्य पर्यटन व्यवसायी संस्थाका सदस्यहरु, बैदामबासी आम जनता तथा शुभेच्छुकहरु लगायतबाट ४७ जना रक्तदाताले रक्तदान गरेका थिए।
