
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिको दिन बिहीबार सार्वजनिक बिदा दिइएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संविधानसभाका अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्तिम संस्कार पर्सि बिहीबार हुने भएकोले नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा सार्वजनिक बिदा हुने र तत् तत् निकायका कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको जानकारी गराएको छ ।
