
पोखरा । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न दुर्गम जिल्लाहरुमा शिक्षा, स्वास्थ, पुनर्निर्माण, आपतकालीन राहतको क्षेत्रमा काम गरेका पोखराका अग्रणी सामाजिक संस्था कर्मफ्लाइटस फाउन्डेसन नेपालको नवौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन हालै सम्पन्न भएको छ ।
कर्मफ्लाइटस फाउन्डेसन नेपाल पोखरा महानगरपालिका वडा नं ६, लेकसाइड, बङ्गलादीमा यसको कार्यालय रहेको छ । संस्था आर्थिक पारदर्शिता र चुस्तदुरुस्त व्यवस्थापनमा उदाहरणीय कार्य गर्दै आइरहेको छ ।
गण्डकी प्रदेश सरकारका भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले प्रमुख अतिथिको मन्तव्य राख्दै संस्थाले गरेका विपद् व्यवस्थापन एवम् शैक्षिक क्षेत्रमा गरेका कार्य उत्कृष्ट रहेको बताए । सरकारले गर्नुपर्ने कतिपय कार्यहरु संस्थाले गरेकोमा प्रसंशा व्यक्त गर्दै उनले प्रदेश सरकारका तर्फबाट सहयोग रहने बताए ।

कार्यक्रममा संस्थाले विपद ब्यबस्थापनको क्षेत्रमा अग्रभागमा काम गर्ने संघसंस्थालाई एवोन प्रोटेक्शन युकेबाट प्राप्त १÷१ थान थर्मल इमेजिङ क्यामरा प्रमुख अतिथि मन्त्री जुग्जालीमार्फत हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएका संस्थाहरुमा जिल्ला विपद् व्यवस्थापन समिति कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत, जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङलाई सभासद् विकल शेरचनमार्फत, छोमरोङ पर्यटन व्यवसाय व्यवस्थापन समिति कास्की, सशत्र प्रहरी बल कालिका गण मालेपाटन र नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई हस्तान्तरण गरिएको थियो भने संस्थाका प्राविधिक राजु परियारले सो क्यामराको उपयोगिता र प्रयोग सम्बन्धि अभिमुखिकरण गरेका थिए । साथै लायन्स इन्टरन्याश्नल डिस्ट्रिक ३२५ का सिनियर डिस्ट्रिक गभर्नर तथा लायन्स क्लब अफ पोखरा हेबेनका पूर्व अध्यक्ष लायन उमेश देवकोटाबाट प्रदान गरिएको एक थान व्हील चियर रुकुम पश्चिमका अपांगता भएका व्यक्तिलाई हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण पश्चात संस्थाले बिदेशी संघ संस्थाहरुसँग सहयोग मागेर हाम्रो देश को बिपद ब्यबस्थापनको लागि महत्तवपूर्ण प्रबिधि सरोकावालाहरुलाई प्रदान गर्न लिएको पहल्पदमीको प्रशंसा गर्दै यस प्रकारको सामाग्रिको अभाब रहेको र स्वयम सरकारले खरिद गर्नु पर्ने र सबै मिलेर विपद प्रतिकार्यमा तयारी गर्नुपर्ने सु्झाए ।

संस्थाका अध्यक्ष लक्ष्मणबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभासद विकल शेरचन, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका गणपति धनबहादुर बानियाँले संस्थाको सफलताको कामना गरेका थिए ।
सोहि अवसरमा व्यवस्थापन संस्थालाई सामाजिक कार्यहरूको दौरानका साथै पर्यटन र प्याराग्लाइडिङकोे क्षेत्र र सामाजिक क्षेत्रमा योग्दान पुर्याउनु भएका विभिन्न व्यक्तिहरु डा. सरोज पोखरेल, नेपालको पहिलो प्याराग्लाइडिङ पाईलट राजेश बम जन, पोखरामा व्यावसायिक प्याराग्लाइडिङलाई संस्थागत गराउन योगदान दिने पाईलट नारायण पराजुली, सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट प्याराग्लाइडिङ गरि मिसन समिट टु सी पुरा गरी गिनिज बूक विश्व कीर्तिमानी पाइलट सानोबाबु सुनुवार र चरा अन्वेसक अमन सुनारलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा वक्ताहरुले कर्म फ्लाइट्स फाउन्डेसनको कामहरुको सराहना गर्दै थप सफलताको कामना गरेका थिए । यसरी शुभकामना मन्तव्य राख्ने वक्ताहरुमा अभियन्ता, पत्रकार तथा साहित्यकार रबिन्द्र माकाजु, गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डा. बुद्धिबहादुर थापा, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थी, सह प्रा.डा. सरोज पोख्रेल, नेपाल हवाई खेलकुद संस्था (ना)का महासचिव खेमराज आचार्य, सल्लाहकार माधब तिवारी, राष्ट्रिय शिक्षक बंगलादि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिष्णुमाया सुवेदी, पोखरा महानगरपालिका वडा नँ ६ का वडा सदस्य दिपेन्द्र पहारीलगायतका थिए ।
कार्यसमितिका अध्यक्ष लक्ष्मण बहादुर थापाले आ व २०७९÷८० को वार्षिक प्रतिवेदन तथा संस्थाको गतिविधिको र आगामी वर्षको भाबी कार्यक्रमहरुका बारेमा तथा कोषाध्यक्ष रेनुका कार्कीले संस्थाको आव २०७९÷८० को आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
अधिवेशनमा शिवलाल धिताल, सालिकराम अधिकारी र भुपालसिंग गुरुङको निवाचन मण्डलले शर्मिला शर्माको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्म रुपमा चयन भएको घोषणा गरे । जसमा उपाध्यक्ष शिव थापा(श्री), सचिब कुलप्रसाद अधिकारी, कोषाध्यक्ष रेनुका कार्की, सहसचिव सुरेश नेपाली र सदस्यहरुमा अप्सरा केसी, कृष्णप्रसाद पाण्डे, मीना कार्की, आदित्य चन्द, निशान लामीछाने र उमेश देवकोटा चयन भए ।
